लामिछानेले आत्मसमर्पण गर्ने
काठमाडाैं | असोज १५, २०७९
काठमाडौं ।
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् ।
एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् ।
‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन्
उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन् । उनले आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि गरेका छन् ।
केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताए ।
उजुरी दर्ता भएयता लामिछाने प्रहरीको फरार सूचीमा छन् ।
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...
पोखरा: १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...
काभ्रेपलाञ्चोक: पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

